कस्तो स्मार्टफोनहरुलाई अलराउण्डर भन्ने ?
वि.सं.२०८१ साउन १६ बुधवार १९:४६
shares

सुपथमूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेलापार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमाजति धेरै सुविधाभयो त्यतिनै मूल्यउच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरीआफूले चाहेको सबै सुविधा युक्त फोन किन्न गाह्रो छ ।
अहिलेको आधुनिकयुगमाग्राहकहरु सुपथमूल्यमाअधिकतम् सुविधाभएको स्मार्टफोनहरु खरिद गर्न चाहन्छन्। गेमिङ, फोटोग्राफी, रअन्य दैनिककार्यहरू निर्बाध रूपमाधान्न सक्ने फोनको विकासमा पूरा विश्वका वैज्ञानिकहरु लागेका छन् । आविश्कारको यो दौडमा स्मार्टफोन उद्योगले फट्को मार्दैछ ।जसको फल स्वरुपहामीले थपकिफायतीमूल्यमा सुविधायुक्त स्मार्टफोनहरूकोप्रयोग गर्न पाईरहेका छौं ।
के हो त अलराउण्डर स्मार्टफोन भनेको ?
हेर्दा आकर्षक र राम्रो चल्ने स्मार्टफोन जुनबजारमा सुपथमूल्यमा सहजै प्राप्त गर्न सकिन्छ त्यस्तोे फोनलाई नै अलराउण्डर स्मार्टफोन भन्दा फरक पर्दैन । यी सबै सुविधा सहितबजारमाआएको छ रेड्मी १३। यो स्मार्टफोनमाप्रयोग भएको हेलियो जि९१ अल्ट्रा प्रोसेसर, १०८ एमपीको सुपर क्लियर क्यामेरा, ६.७९ इन्चको फुल एचडी+डटडिस्प्ले , ५०३० एमएचको ब्याट्रीको र ३३ वाटको चार्जर जस्ता अत्याधुनिकप्रविधिहरुले सर्वसाधरणको मन जित्न सफलभएको छ । यो फोन६ जिबी + १२८ जिबीर ८ जिबी + २५६ जिबीगरी दुई भेरियन्टमा उपलब्ध छ ।
रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा एडभान्स्डचिपसेटले विभिन्नकार्यहरूलाई सजिलैसँग हेन्डलगर्छ । यसमाभएको ६.७९ इन्चको फुल एचडी+डटडिस्प्ले र ९०हर्जको सम्मको रिफ्रेस रेटले प्रयोगकर्ताहरुलाई भिडियो हेर्न, गेम खेल्न, र सामाजिक संजालप्रयोग गर्न एकदमै सहजताप्रदानगर्दछ यस फोनको डिस्प्लेले ब्लु लाईट फिल्टर गर्छ जसको कारण तपाईले लामो समयसम्मफोन चलाउँदा नि तपाईको आँखालाई गारो बनाउँदैन । उत्कृष्ट क्यामारा सेटअपसहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ। यसको रियर क्यामेरामा१०८मेगापिक्सेलकोसामसङ आइसोसेल एचएम६ क्यामेरा समाबेश गरिएकोछ । यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरुकालागिथपमजाप्रदानगर्दछ ।
५,०३०एमएचको ब्याट्रीले प्रयोगकर्ताहरुलाई घरी घरी चार्ज गर्नपर्ने झन्झटबाट मुक्त राख्छ भने ३३ वाटको चार्जरले चाँहीफोनलाई थोरै समयमै चार्ज गर्छ । आकर्षक हुनुका साथै टिकाउ पनिभएको रेड्मी १३ले एक अलराउण्डर स्मार्टफोनको रुपमाबजारमाचर्चा कमाउदैछ ।
बजार उपलब्धताः
रेड्मी १३ ६ जिबी + १२८ जिबीर ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन्। ६ जिबी+ १२८ जिबीर ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः रु.१८,९९९ रु. २१,९९९ रहेको छ।

























