काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्ता छन् ‘प्रचण्ड’ सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकका निर्णयहरु

4.62K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक सकिएको छ ।

बिहीबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सरकारकी  प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै, स्थानीय तह, राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका–२०८१ स्वीकृत गर्ने, सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, मन्त्री परिषद्को २०८० माघ १८ को निर्णयअनुसार गठित कार्यदलले पेस गरेको फौजदारी न्याय तथा प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१ सार्वजनिक गर्ने र प्रतिवेदनमा औँल्याइएको सुझावहरू कार्यान्वयन प्रक्रियामा अगाडि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय भएको शर्माले बताइन् ।