nmb bank

गृहपृष्ठ स्वदेश फर्किइन् उपसभामुख राना

स्वदेश फर्किइन् उपसभामुख राना

स्वदेश फर्किइन् उपसभामुख राना

उपसभामुख इन्दिरा राना चीनको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएकी छन् । सोमबार दिउँसो उनी स्वदेश फर्किएकी हुन् ।

तिब्बतमा आयोजित चौथो चाइना सिजाङ ट्रान्स–हिमालयन फोरममा भाग लिन उपसभामुख रानाको भ्रमण टोली असार १८ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

भ्रमण टोलीमा प्रतिनिधि सभाका सदस्य माननीय सुहाङ नेम्वाङ तथा उपसभामुखका स्वकिय सचिव कुमार नेपालीसमेत सहभागि थिए ।

भ्रमणका क्रममा उपसभामुख रानाले असार २० गते उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् ।

उनले सम्बोधनका क्रममा चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स–हिमालयन प्लेटफर्मको महत्व रहेको धारणा राखेकी थिइन् ।

 

प्रकाशित समय : १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु