nmb bank

गृहपृष्ठ “सांग्रिला डेभलपमेन्ट बैंकलिमिटेड र नेपाल सरकार भूमिव्यवस्था विभाग बिच समझदारी पत्रमा हस्ताक्षर”

“सांग्रिला डेभलपमेन्ट बैंकलिमिटेड र नेपाल सरकार भूमिव्यवस्था विभाग बिच समझदारी पत्रमा हस्ताक्षर”

“सांग्रिला डेभलपमेन्ट बैंकलिमिटेड र नेपाल सरकार भूमिव्यवस्था विभाग बिच समझदारी पत्रमा हस्ताक्षर”

काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमिव्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाण्डौँ बिचअनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का÷रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा आज (सोमबार) का दिन हस्ताक्षर भएको छ ।

सम्झौतामा सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले र भूमिव्यवस्थापन तथा अभिलेख विभागको तर्फबाट विभागका महानिर्देशक श्री कृष्ण प्रसाद सापकोटाले हस्ताक्षर गरी समझदारी पत्र आदानप्रदान गरेका थिए । नेपाल सरकारले आफु मातहतका निकायहरुलाई डिजिटाईशेन गर्ने क्रम मालग्दै गएको र सो अन्तर्गतनै अनलाईन मार्फत रोक्का-रोक्का फुकुवा गर्दा मालपोत कार्यालयमा धेरै भिडभाड नहुने र सेवाग्राहीले पनि सहजतथा सरल तरिकाले सेवाउपभोग गर्न पाउने बिश्वास लिएको भनाई बिभागका महानिर्देशक श्री कृष्ण प्रसाद सापकोटाले राखेका थिए ।

सा्रग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले अनलाईन प्रणाली मार्फत रोक्का-रोक्काफुकुवा गर्दा बैंक तथा बित्तीय संस्थाहरुलाई पनि सहजतथा सरल हुने र बर्तमान समयमा देखिएको किर्ते रोक्का तथा किर्ते जग्गाधनीपुर्जाको कारोबारबाट बैंकलाई सुरक्षीत राख्न सक्ने तथा सेवाग्राहीलाई पनि अनावश्यक झञ्झटबाट मुक्तिमिल्नेबिश्वास लिएको भनीआफ्नो भनाई राखेका थिए ।

सो कार्यक्रममा बैंककातर्फबाट कर्जा प्रशासन बिभाग, मर्केटिङ्घ बिभागको समेत उपस्थिती रहेको थियो भने बिभागका तर्फबाट कर्मचारी प्रशासन शाखाका निर्देशक श्री हरिकृष्ण सुबेदी, मालपोत तथा भुमिसुधार शाखा –जग्गा प्रशासन)कानिर्देशक तथा बिभागका प्रवक्ता श्री रोशन शङ्कर घिमिरे , योजना तथा अभिलेख शाखाका निर्देशक श्री बेद प्रसाद अर्याल, भु सुचना प्रविधीका कम्प्युटर अधिकृत श्री हरिशरण थापा लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु