nmb bank

गृहपृष्ठ हुन्डाईले अल न्यू इलेक्ट्रिक मोडलसहित इन्स्टर सार्वजनिक

हुन्डाईले अल न्यू इलेक्ट्रिक मोडलसहित इन्स्टर सार्वजनिक

हुन्डाईले अल न्यू इलेक्ट्रिक मोडलसहित  इन्स्टर सार्वजनिक

हुन्डाईले अल न्यू इलेक्ट्रिक मोडल इन्स्टर सार्वजनिक गरेको छ । सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती यो नयाँ ईभी ब्रान्डको विद्युतीय गाडी हुने बताइएको छ ।

नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ । साथै यसको ह्विलवेश २५८० र बुट स्पेस २८० लिटर छ ।

क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको सो ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डिआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल राखिएको छ । अगाडि एएएस सेन्सरहरू, चार्जिङ पोर्ट र हेडल्याम्प यूनिटको बीचमा क्यामेरा उपलब्ध छ ।

कारको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुईवटा स्क्रिन राखिएको छ । जसले डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्नेछ । साथै यसमा अटो क्लाइमेट कन्ट्रोल, मल्टि–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिटहरू, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र फुल एडास सुइट समावेश गरिएको छ ।

यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ । यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ । सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दाबी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

प्रकाशित समय : १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु