गृहपृष्ठ स्टाइल र स्पिडको नयाँ अनुभव, भिभो भी८० लाइट नेपाली बजारमा आउँदै

स्टाइल र स्पिडको नयाँ अनुभव, भिभो भी८० लाइट नेपाली बजारमा आउँदै

स्टाइल र स्पिडको नयाँ अनुभव, भिभो भी८० लाइट नेपाली बजारमा आउँदै

काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी८० लाइट नेपाली बजारमा ल्याउने तयारी गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत स्मार्टफोनको पहिलो झलक सार्वजनिक गर्दै नेपाली बजारमा यसको आगमनबारे संकेत गरेको हो।

डिजाइन र कार्यसम्पादनलाई प्राथमिकतामा राखिएको भनिएको भी८० लाइटमा परिष्कृत कर्भ्ड डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ। कम्पनीले स्मार्टफोनलाई प्रयोगकर्ताका लागि सहज र प्रिमियम अनुभव दिने गरी तयार पारेको छ।

भी८० लाइटको डिजाइनमा ‘स्ले एभरी एज’ अवधारणालाई अघि सारिएको छ। यसअन्तर्गत फोनको कर्भ्ड बडी र सहज ग्रिपमा विशेष ध्यान दिइएको कम्पनीको भनाइ छ। अल्ट्रा–स्लिम युनिबडी डिजाइनमा आउने भनिएको फोनमा ७,०५० एमएएच ब्याट्री रहने अपेक्षा गरिएको छ।

फोनको डिजाइनमा ‘स्काइलाइन क्यामेरा’ पनि प्रमुख विशेषताका रूपमा रहनेछ। सिल्क ह्वाइट फिनिसमा उपलब्ध हुने भनिएको यसको क्यामेरा डिजाइन चराको उडानबाट प्रेरित रहेको कम्पनीले जनाएको छ। तेर्सो क्यामेरा मोड्युलले फैलिएको पखेटाको आकार झल्काउने गरी डिजाइन गरिएको छ।

कार्यसम्पादनका लागि भी८० लाइटमा मिडियाटेक डाइमेन्सिटी ७३६०–टर्बो चिपसेट रहने प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। ४ एनएम प्रविधिमा आधारित उक्त प्रोसेसरले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङमा सहज कार्यसम्पादन दिने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार फोनमा ३ पुस्तासम्मको अपरेटिङ सिस्टम अपग्रेड र पाँच वर्षसम्मको सुरक्षा अपडेट उपलब्ध हुनेछ। मोबाइल गेमिङलाई समेत ध्यानमा राखिएको फोनले ३० डिग्री सेल्सियस तापक्रमको वातावरणमा ‘मोबाइल लेजेन्ड्स’ गेम तीन घण्टासम्म ९० एफपीएसमा स्थिर रूपमा चलाउन सक्ने प्रारम्भिक जानकारी छ।

भी८० लाइटमा १।५के अल्ट्रा–क्लियर एमोलेड डिस्प्ले रहने अपेक्षा गरिएको छ। यसले भिडियो हेर्ने, गेम खेल्ने तथा दैनिक सामग्री प्रयोग गर्ने क्रममा स्पष्ट र इमर्सिभ दृश्य अनुभव दिने कम्पनीको दाबी छ।

क्यामेरातर्फ पनि फोनमा कन्टेन्ट क्रिएटर तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई लक्षित विशेषता समावेश गरिएको छ। यसमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा रहने भनिएको छ। समूहमा सेल्फी खिच्दा धेरै व्यक्तिलाई एउटै फ्रेममा समेट्न यसले सहयोग गर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, कम प्रकाशमा पोर्ट्रेट फोटोग्राफीका लागि ५० मेगापिक्सेल क्लियर नाइट पोर्ट्रेट क्यामेरा रहने प्रारम्भिक जानकारी छ। सोनी सेन्सरमा आधारित भनिएको उक्त क्यामेराले रातको समयमा तथा कम प्रकाश भएको वातावरणमा स्पष्ट पोर्ट्रेट फोटो खिच्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

डिजाइन, ब्याट्री, प्रोसेसर, डिस्प्ले र क्यामेरालाई एकैपटक प्राथमिकतामा राखिएको भी८० लाइटले नेपाली स्मार्टफोन बजारमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ। विशेषगरी लामो ब्याट्री ब्याकअप, गेमिङ र कन्टेन्ट क्रिएसनमा रुचि राख्ने प्रयोगकर्ताका लागि फोन लक्षित देखिन्छ।

भिभोले नेपाली बजारका लागि भी८० लाइटको आधिकारिक मूल्य, उपलब्ध हुने मिति र अन्तिम स्पेसिफिकेसन भने आगामी दिनमा सार्वजनिक गर्ने जनाएको छ।

प्रकाशित समय : १९:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु