गृहपृष्ठ नेपाल भलिबल लिगः काठमाडौँ रेड्सको दोस्रो जित

नेपाल भलिबल लिगः काठमाडौँ रेड्सको दोस्रो जित

नेपाल भलिबल लिगः काठमाडौँ रेड्सको दोस्रो जित

काठमाडौँ । नेपाल भलिबल लिग (एनभिएल) २०२६ मा काठमाडौँ रेड्सले दोस्रो जित दर्ता गरेको छ ।

दोस्रो जित निकाल्ने क्रममा उसले आज सम्पन्न खेलमा सगरमाथा स्म्यासर्सलाई ३–१ सेटको अन्तरले हरायो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा काठमाडौँले पहिलो सेटदेखि नै सगरमाथामाथि दबाब राखेको थियो । उसले पहिलो सेट २५–१२ ले हाफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेटमा भने सगरमाथा २५–२२ ले विजयी भयो । तेस्रो र चौथो सेटमा काठमाडौँले सानदार पुनरागमन गर्दै क्रमशः २५–१८ र २५–२० को जित निकाल्यो । यो जितपछि काठमाडौँले तीन खेलबाट चार अङ्क पुर्‍याएको छ । सगरमाथासँग चार खेलबाठ सात अङ्क छ ।

आजै भएको पहिलो खेलमा मधेस वारियर्सले खप्तड फाल्कोन्सलाई ३–० को सोझो सेटमा हराएको थियो । जारी प्रतियोगितामा मधेसको यो पहिलो जित हो । खप्तडले भने अहिलेसम्म जितको खाता खोल्न सकेको छैन ।

एनभिएलको पहिलो सिजनमा सगरमाथा स्म्यासर्स, कर्णाली शिवराज, मधेस वारियर्स, खप्तड फाल्कन्स, काठमाडौँ रेड्स र अन्नपूर्ण स्पाइकर किङ्सले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता भदौ २७ गतेसम्म सञ्चालन हुनेछ । विजेताले २० लाख पुरस्कार रकम पाउने आयोजक केडिया ग्रुपले जनाएको छ ।

 

प्रकाशित समय : २१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु