global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्तीमगर

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्तीमगर

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्तीमगर

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित भएका छन् ।

महासङ्घको असार ११ र १२ गते काठमाडौँमा सम्पन्न प्रथम महाधिवेशनबाट घर्तीमगरको नेतृत्वमा एक सय सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । महासङ्घको उपाध्यक्षमा युवराज गुरुङ, मोहन छन्त्याल र विश्वदीप लिङ्देन, महामन्त्रीमा जगतबहादुर बराम, रामजी कोङरेन र मनहरि श्रेष्ठ निर्वाचित भएका निर्वाचन संयोजक विनोद गुरुङले जानकारी दिए ।

सहमहामन्त्रीमा दुर्गा सुनुवार, सुवासचन्द्र राई, श्रुती कुमाल, अभिषेक चौधरी राजवंशी, पेम्बा ग्याल्जेन शेर्पा, चेम चेपाङ, मनोज सिंह दनुवार र तेजबहादुर धिमाल निर्वाचित भएका छन् ।

यसैगरी, सदस्यमा सात प्रदेशबाट सदस्य निर्वाचित हुनुभएको संयोजक गुरुङले बताए । महासङ्घको प्रथम महाधिवेशनको मङ्गलबार कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

 

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु