गृहपृष्ठ आजको मौसमः देशभर आंशिक बदली, तराईका भू-भागमा मुख्यतया सफा रहने
आजको मौसमः देशभर आंशिक बदली, तराईका भू-भागमा मुख्यतया सफा रहने
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा सामान्य बदली, मधेश प्रदेश लगायत देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली तथा तराईका भू-भागमा मुख्यतया सफा मौसम रहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ तथा तराईका भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तातो लहर चल्न सक्ने तथा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन रहने सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा सामान्य बदली, पहाडी भू-भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी तराई भू-भागमा मुख्यतया सफा मौसम रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
देशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेकाले विभागको पछिल्लो सूचना तथा मौसम बुलेटिनमा अद्यावधिक रहन र आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित समय : ०६:२६ बजे


















