गृहपृष्ठ जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ
जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी युवाले उठाएका माग र उनीहरूका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएको छन् ।
गत वर्ष भदौ २३ गते जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा आज बानेश्वरस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उनले जेनजी युवाको योगदान र बलिदानीलाई सरकारले उच्च सम्मानका साथ ग्रहण गरेको बताए ।
गृहमन्त्री गुरुङले जेनजी युवाको बलिदानीका कारण देशमा आमूल परिवर्तनको आधार तयार भएको उल्लेख गर्दै उनीहरूले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पारे । उनले भन्े, “जेनजी युवाहरूको बलिदानीले देशमा आमूल परिवर्तन भएको छ । हामी अहिले अधिकार दिने ठाउँमा छौँ । जेनजीका माग सम्बोधन गर्दै अधिकार पूरा गर्नेछौँ ।”
वर्तमान सरकार जेनजी युवाको आन्दोलनकै कारण निर्माण भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले उनीहरूका माग र अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने बताए । उनले जेनजी पुस्ताले उठाएका विषयलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री गुरुङले केही पुराना दल तथा नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेका भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । जेनजी आन्दोलनलाई अपमान गर्नु आमनेपाली नागरिकको भावनालाई अपमान गर्नु जस्तै हो उनले भन्े ।
गृहमन्त्री गुरुङले गत भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्ेका थिए । कार्यक्रममा सहभागीहरूले समेत सहिदको सम्झनामा दीप प्रज्वलन गरी उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए ।
प्रकाशित समय : २१:२६ बजे


















