गृहपृष्ठ लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ xr:d:DAFQ4UFI_nI:702,j:44705443211,t:23040605

भद्रपुर । झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१।२३० ग्राम खैरो हेरोइनसहित उनीहरूलाई आज नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, बौकामजरफका १९ वर्षीय मोहमद फारुक र सोही ठेगानाका २५ वर्षीय चन्दनकुमार मण्डल रहेका छन् । उनीहरूको साथबाट प्रहरीले एक थान मोबाइल बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापामा बुझाइएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।

घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान अघि बढाएको ब्यूरोले जनाएको छ ।

प्रकाशित समय : २१:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु