काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गण्डकी प्रदेशस्तरीय क्रिकेट : कास्की र तनहुँ विजयी

6.83K
shares

कास्कीको पोखरा रङ्गशालामा सञ्चालन भइरहेको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनुहँ विजयी भएका छन् ।

दुवै जिल्ला लगातार दोस्रो खेलमा विजयी भएका भएका हुन् । आज भएको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दीलाई सात विकेटले पराजित ग¥यो । म्याग्दीले टस जितेर ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर ७५ रन बनायो । ‘म्यान अफ दि म्याच’ घोषित कास्कीका कृष्ण पौडेलले चार विकेट लिए । यस्तै सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले दुई दुई तथा विपिन खत्री र आदित्य थापाले एक एक विकेट लिए । ब्याटिङतर्फ म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।

कास्कीका लागि अर्जुन कुमालले अविजित रहँदै ३१ बलमा पाँच चौका प्रहार गरी ३६ रन बनाए । सिव्रीन श्रेष्ठले १० बलमा १६ तथा रोहित चन्दले ११ बलमा २१ रन बनाए । दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई ब्याटिङको निम्तो दियो । बागलुङले निर्धारित २० ओभरको खेलमा नौ विकेटको क्षतिमा एक सय २३ रन बनायो । बागलुङका कप्तान आकाश तामाङले ३० बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्दतमा ३५ रन बनाए । यस्तै चन्द्रदिप यादवले २५ रन बनाए । बलिङतर्फ तनहुँका लागि क्रिश ऐरले तीन ओभरमा १२ रन खर्चिएर दुई विकेट लिए । यस्तै चन्द्रकान्त पौडेलले दुई विकेट लिए ।