भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा विशेष प्रोत्साहन प्याकेज
वि.सं.२०८१ जेठ १ मंगलवार १६:१७
shares

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेज ल्याउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि प्योकज ल्याउने घोषणा गरेका हुन्।
सरकारले भैरहवा र पोखरामा उडान भर्नेलाई विशेष प्रोत्साहन प्याकेज दिने भएको हो। त्यस्तै, सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्ने तथा पूर्ण क्षमतामा सञ्चालन गर्ने घोषणा गरेको छ।

























