nmb bank

गृहपृष्ठ सहकारीको अधिकांश घरजग्गा व्यक्तिको नाममा

सहकारीको अधिकांश घरजग्गा व्यक्तिको नाममा

सहकारीको अधिकांश घरजग्गा व्यक्तिको नाममा

अधिकांश बचत तथा ऋण सहकारीको सम्पत्ति व्यक्तिको नाममा रहेको पाइएको छ । सहकारी विभाग र नेपाल राष्ट्र बैंकको संयुक्त टोलीले गरेको सहकारी अनुगमनले सहकारी संस्थाको नाममा हुनु पर्ने घरजग्गा तथा अन्य सम्पत्ति व्यक्तिको नाममा रहेको भेटिएको हो ।

टोलीले काठमाडौं, ललितपुर र काभ्रे जिल्लामा सञ्चालित केही ठूला सहकारीको अनुगमन गर्दा केही गलत मनसाय भएका सञ्चालक भएको सहकारीको सम्पत्ति व्यक्तिको नाममा रहेको खुलेको हो ।

सहकार विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायय संयोजक रहेको टोलीमा राष्ट्र बैंकका अधिकारीहरूले पनि प्राविधिक सहयोगका रूपमा अनुगमनमा सघाएका थिए । सो टोलीमा राष्ट्र बैंकका उपनिर्देशक डा. रमेश चौलागाईं, गैर बैंकिङ वित्तीय संस्था विभागका रामकृष्ण राई र लघुवित्त विभागका रमेश पौडेल पनि थिए ।

अनुगमन टोली ९ वटा सहकारीको अनुगमन सम्पन्न गरेसँगै त्यसको प्रतिवेदन निर्माणको तयारीमा लागेको छ । सो अनुगमन टोलीले सञ्चालकको नाममा रहेको सम्पत्ति रोक्का गर्ने बिक्री गर्ने सुझाव दिने बुझिएको छ ।

सहकारीको नाममा रहेको सम्पत्ति पनि धितोका रूपमा राखेर ऋण लिन सकिने व्यवस्थ पनि गर्ने तयारी भइरहेको बुझिएको छ । उसो त अहिलेको सत्ता गठबन्धनले पनि साझा न्यूनतम कार्यक्रम बनाएर बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको सम्पत्तिको धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो अवधिको पुर्नकर्जा उपलब्ध गराउने घोषणा गरेको छ । त्यसका साथै ठूला सहकारीको नियमन राष्ट्र बैंकले गर्न सक्ने कानुनी प्रबन्ध मिलाउने बताएको छ ।

सोही कार्यक्रमअनुसार सरकारले पनि बचत तथा ऋण सहकारीको सम्पत्ति धितोमा राखेर वा बिक्री गरेर बचत फिर्ता गराउने तयारी थालेको बुझिएको हो ।

 

प्रकाशित समय : १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु