काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तराई-मधेश द्रुतमार्ग : सुरुङ निर्माणको काम ७३ प्रतिशत सम्पन्न

8.15K
shares

तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत निर्माणाधिन सुरुङको काम ७३ प्रतिशत सकिएको छ । फास्ट ट्रयाक अन्तर्गत अहिले ३ वटा सुरुङ निर्माणाधिन छन् । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार कुल ६ हजार ४ सय १५ मिटर मध्ये ४ हजार ६ सय ५३ मिटर खनिसकिएको छ । अब १ हजार ७ सय ६२ मिटर मात्र खन्न बाँकी रहेको उनले बताए ।

प्रवक्ता भण्डारीका अनुसार प्याकेज १ अन्तर्गत पर्ने तीन हजार ३ सय५५ मिटर लामो महादेवटार सुरुङ दुई हजार ८२ मिटर खनिसकिएको छ । त्यस्तै, प्याकेज २ मा पर्ने १ हजार ६ सय ३० मिटर लामो धेद्रे सुरुङ मध्ये एक हजार २ सय ८८ खनिसकिएको छ । सोही प्याकेजमा पर्ने लेनडाँडा सुरुङ खन्ने काम काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । यो सुरुङको दुरी एक हजार ४ सय ३० मिटर रहेकोमा एक हजार २ सय८३ मिटर खनिसकिएको छ । आयोजनामा कुल ६ वटा सुरुङ निर्माण हुनेछन् ।

आयोजनाको कुल दूरी ७०.९७७ किमिमध्ये १०.०५५ किमि सुरुङ पर्छ । विस्तृत आयोजना रिपोर्ट (डीपीआर) संशोधनपश्चात ३ वटा सुरुङ थप भएका छन् । दुई २ सय ५० मिटर दूरी रहेको चन्द्राम भीर सुरुङ डिजाइनको क्रममा रहेको आयोजनाले जनाएको छ । प्याकेज ८ ‘ख’ अन्तर्गत पर्ने १ किलोमिटर देविचौर ०.३९ किमिको सिसौटार सुरुङ निर्माणका लागि खरिद प्रक्रिया अन्तिम चरणमा रहेको प्रवक्ता भण्डारीले बताए ।

निर्माणाधीन लेनडाँडा सुरुङको आगामी ०८१ वैशाख, धेद्रेको ०८१ जेठ र महादेवटार सुरुङको ०८१ असोजमा म्याद सकिँदै छ । उक्त अवधिभित्रै सुरुङ निर्माण सक्ने गरी काम भइरहेको आयोजनाको दाबी छ ।