काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्याङ्जामा जीप दुर्घटना हुँदा नौ जना घाइते

3.57K
shares

वालिङ नगरपालिका(११ स्थित छत्तिवनमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

घाइते हुनेमा जीप चालक ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, १९ वर्षीया नम्रता खत्री, ३२ वर्षीया सुकमाया सुन्धौली उनका छोरा १३ का संगम सुन्धौली ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीया लाटी मगर, ३६ वर्षीया हुमकला पंगेनी, ३० वर्षीया विन्दु खवास र १७ वर्षीया करिना खवास छन्।

घाइते नौमध्ये ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र अन्य ५ जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।

वालिङ नगरपालिका ११ छत्तिवनको भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको प्रहरीको भनाइ छ।