nmb bank

गृहपृष्ठ दाङमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण

दाङमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण

दाङमा प्रहरी जवानले श्रीमती र छोराको हत्या गरेर प्रहरी कार्यालयमा आत्मसमर्पण

एक प्रहरी जवानले श्रीमती र छोराको हत्या गरी प्रहरी कार्यालयमा पुगेर आत्मसर्मपण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान पिमलाल नेपालीले श्रीमती टिका बिक र साढे दुई वर्षीय छोरा शुशान्तको हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लका अनुसार पिमलालले घोराही स्थित एक होटेलमा श्रीमती र छोराको हत्या गरेका हुन्। रोल्पा रुन्टिगढीका पिमलाल श्रीमती टिका र छोरा शुशान्तसँग गयराति घोराही स्थित एक होटेलमा बास बसेका थिए। श्रीमती र छोरा शनिवार मात्रै रोल्पाबाट घोराही आएका थिए।

आज बिहान पिमलालले श्रीमती टिका र छोराको हत्या गरेको डिएसपी मल्लले जानकारी दिए। श्रीमती सहित छोराको हत्या गरेका पिमलाल आफै जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूले हत्या गरेको जानकारी गराएका थिए।

‘मैले श्रीमती र छोराको हत्या गरेँ भनेर प्रहरी जवान कार्यालयमा भन्न आएको थियो,’ डिएसपी मल्लले भने, ‘पछि उसले भनेको होटेलमा गएर हेर्दा श्रीमती टिका र छोरा शुशान्तको शब होटेलको कोठामा फेला पर्यो।’

उनका अनुसार पीमलालले श्रीमती टिका र छोराको घाँटी सलले कसेर हत्या गरेको देखिएको छ। हत्याको एकिन कारण खुलिनसकेको प्रहरीले जनाएको छ। प्रहरी जवान पिमलाल प्रहरीको नियन्त्रणमा रहेको र उनिसंग घटना बारे अनुसन्धान भैरहेको डिएसपी मल्लले जानकारी दिए।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु