काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमाले धादिङ अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चिएपछि अधिवेशन स्थगित

4.45K
shares

नेकपा एमाले धादिङको जिल्ला अधिवेशन बिथोलिएको छ । प्रतिनिधि मनोनयनमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको छ ।

शनिबार साँझबाट सुरु बन्दशत्रमा दस्तावेज प्रस्तुत गर्नेक्रममा नेताहरुबीच विवाद हुँदा कुटाकुट भएको र सन्तोष खनालको हात भाच्चिएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए ।

बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरेका हुन् ।

उनले जिल्ला अध्यक्ष भूमिप्रसाद त्रिपाठीले अधिवेशनमा जबरजस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्दा असहज अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतंकित परिस्थिति देखा पर्‍यो,’ अध्यक्ष ढुंगेलले भनेका छन्, ‘पटकपटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सूचारू गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो ।’

नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका भूमिप्रसाद त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा। रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।

त्रिपाठीको प्यानलबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकां‌क्षा देखिएका छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनी सचिवका आकांक्षा रहेका छन् ।