global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक, भोलि बोलकबोल

बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक, भोलि बोलकबोल

बैंकिङ प्रणालीबाट ३० अर्ब खिच्दै राष्ट्र बैंक, भोलि बोलकबोल

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ।

राष्ट्र बैंकले भोलि मंगलबार मंगलबार (पुस ९ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको माघ २३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

माघमा यो तेस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। केन्द्रीय बैंकले गत माघ ३ गते ३० अर्ब रुपैयाँ र माघ ४ गते २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

यसअघि राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको छ। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

प्रकाशित समय : १७:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु