काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ताइवानको राष्ट्रपतिमा विलियम विजयी

5K
shares

ताइवानमा सत्तारुढ दलका नेता तथा वर्तमान उपराष्ट्रपति विलियम लाइ चिङ–टे राष्ट्रपति चुनावमा विजयी भएका छन् ।

चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनेले सही छनौट गर्न चेतावनी दिएपनि ताइवानका जनताले चीनका कट्टर विरोधी मानिने नेता विलियमलाई जिताएका हुन् ।

विलियमको पार्टीले निर्वाचनमा सबैभन्दा बढी ४० प्रतिशत मत पाएको ताइवानको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै ताइवानको विपक्षी दल कुओमिन्ताङ पार्टीले ३३.४९ प्रतिशत मत प्राप्त गरेको छ भने ताइवान पिपुल्स पार्टीले २६.४५ प्रतिशत मत प्राप्त गरेको छ ।

चुनाव जितेपछि विलियमले ताइवानले विश्वको नक्सामा आफु रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले ताइवानी जनता प्रजातन्त्रप्रति कटिबद्ध रहेको फेरी एक पटक प्रमाणित भएको बताएका छन् ।

चीनले भने निर्वाचन पछि प्रतिक्रिया दिदै ताइवान चीनकै भाग भएको दोहोराएको छ ।