गृहपृष्ठ मेयर बालेनले भने, अहिले विश्वभर धरानको नाम सुनिँदैछ
मेयर बालेनले भने, अहिले विश्वभर धरानको नाम सुनिँदैछ
धरान उत्सवको उद्घाटनमा धरान आइपुगेका काठमाडौं महानगरका मेयर बालेन शाहले धरान धेरै कुरमा अनुकरणीय भएकाृे बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देशमात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि भएको बताए ।
धरान डे को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए ।
‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेटविना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’
प्रकाशित समय : १६:२५ बजे


















