nmb bank

गृहपृष्ठ कार्यकाल सकेर बाहिरिए धितोपत्र बोर्डका अध्यक्ष हमाल

कार्यकाल सकेर बाहिरिए धितोपत्र बोर्डका अध्यक्ष हमाल

कार्यकाल सकेर बाहिरिए धितोपत्र बोर्डका अध्यक्ष हमाल

कार्यकाल सकेर नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदबाट बाहिरिँदै गर्दा रमेशकुमार हमालले आफ्नो प्रगतिबारे जानकारी गराएका छन् ।

उनले शुक्रबार सञ्चारकर्मीहरुसँगको भेटघाटका क्रममा आफ्नो कार्य प्रगति विवरण सुनाएका हुन् । उनी २०७८ फागुनमा बोर्डको अध्यक्ष भएका थिए । आफ्नो कार्यकालमा एसएमईज प्लाटफर्मका लागि नियमावली तयार गरी अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरिएको उनले बताए ।

त्यस्तै वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा १० प्रतिशत कोटा सुरक्षित गर्ने काम भएको, वस्तु विनिमय बजार सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको, बजारमा उत्पादनमूलक तथा अन्य समूहका कम्पनीहरुको संख्या बढेको उनले बताए ।

उनको कार्यकालमा ब्रोकर कम्पनी सञ्चालनका लागि ‘ओपन इन्ट्री एण्ड इक्जिट’मार्फत तोकिएको मापदण्डभित्र रहेर थप कम्पनीलाई अनुमति पत्र प्रदान गरिएको छ । जसले ब्रोकरेज सेवाको गुणस्तर बढाएको हमालले बताए ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु