गृहपृष्ठ राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै
राष्ट्रिय सभाको सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको बैठक बस्दै
राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो।
बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए।
मंगलबार र बुधबार विहान काँग्रेस र माओवादी केन्द्रका शीर्षको बैठकमा एमालेलाई पनि राष्ट्रिय सभामा निर्वाचनमा समेट्ने लैजानेबारे सकारात्मक छलफल भएको थियो।
एमालेलाई समेट्नेबारे काँग्रेस र माओवादी केन्द्रबीच भएको छलफल एकीकृत समाजवादी र जसपाका नेताहरुलाई सुनाइएको थियो।त्यसपछि प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच छुट्टै छलफल भएको थियो।
आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, काँग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदैछ ।
प्रकाशित समय : ०७:२४ बजे



















