global ime bank Long Banner Ad

गृहपृष्ठ भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन् । उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ ।

नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।

टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहने छन् ।

परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ ।

विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत व्यापारका लागि सम्झौताको तयारी छ ।

विदेशमन्त्री जयशंकर भोलि साँझ स्वदेश फर्किने छन् । त्यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित समय : ०७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु