काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

6.59K
shares

धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन ।

केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर कार्यकक्षबाट हटाएका हुन् ।

उनले कार्यकक्षमा यलम्बरको तस्बिर राखेका छन । मेयर साम्पाङले बुधबार सामाजिक सञ्जालमा केन्द्र सरकारले धरानलाई महत्त्व नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको तस्बिर राख्ने लेखेका थिए । उनले लेखेका थिए- ‘ भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुन: उनीहरुको फोटो टाँस्नेछु ! जय देश !’