काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाेखरालाई हराउँदै ललितपुर एनएसएलकाे फाइनलमा

5.65K
shares

पाेखरा सिटी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी दाेस्राे संस्करणकाे नेपाल सुपर लिग फुटबल (एनएसएल) काे फाइनलमा पुगेकाे छ ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे दाेस्राे क्वालिफायर खेलमा पाेखरालाई २–१ गाेलले हराउँदै ललितपुर उपाधि नजिकै पुगेकाे हाे । खेलकाे ३४ औँ मिनेटमा निखिल कदम राताे कार्ड पाउँदै बाहिरिएपछि ललितपुर १० खेलाडीमा सीमित भएकाे थियाे । तर पाेखराले यसकाे फाइदा उठाउन सकेन ।

खेलकाे पहिलाे हाफकाे इन्ज्युरी समयमा इमाेह इजेकिलले गाेल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलकाे ७१ औँ मिनेटमा पाेखराका स्टेफेन काेजाेले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए । निर्धारित ९० मिनेटकाे खेलमा थप गाेल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएकाे थियाे ।

अतिरिक्त समयकाे १७ औँ मिनेटमा ललितपुरका कुशल देउवाले गाेल गर्दै फेरि टाेलीलाई अग्रता दिलाए । त्यसपछि थप गाेल हुन नसकेपछि ललितपुर २–१ गाेलले विजयी भयाे ।

अब ललितपुरले एनएसएलकाे फाइनलमा पर्सि शनिवार पहिलाे संस्करणकाे उपविजेता धनगढी एफसीसँग खेल्नेछ । ललितपुर पहिलाे पटक फाइनलमा पुगेकाे हाे ।