बझाङ केन्द्रबिन्दु मध्यराति गयाे भूकम्प
वि.सं.२०८० असोज २५ बिहीवार ०७:३३
shares

बझाङको भाटेखोला आसपास केन्द्रबिन्दु बनाएर हिजाे मध्यराति १२ बजे ५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गएिको छ। मध्यराति भूकम्प जाँदा मानिसहरु त्रसित हुँदै घरबाहिर निस्किएका थिए।
सुदूरपश्चिम प्रदेशको बझाङमा १६ असोजमा ६.३ रेक्टर स्केलको भूकम्प गएपछि लगातार परकम्पहरु गइरहेका छन्।

























