काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसियन गेम्सः नेपालले भोलि भारतको सामना गर्दै

4.83K
shares

नेपालले चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा भारतसँग खेल्ने भएको छ । सोमबार लक्की ड्र बाट नेपालले क्वाटरफाइनलमा भारत प्रतिद्वन्दी पाएको हो ।

नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई रेकर्ड २७३ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।

अब नेपाल र भारतबीचको खेल मंगलबार विहान नेपाली समय अनुसार ६; ४५ बजेदेखि शुरु हुने छ अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । अफगानिस्तान भने नखेली गएको हो । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै स्थान पाएका थिए ।

त्यस्तै क्वाटरफाइनलमा पाकिस्तान र हङकङ खेल्ने भएका छन् भने श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्ने भएका छन् ।