एमाले गण्डकी प्रदेशको अधिवेशन आजबाट, अध्यक्ष ओलीले उद्घाटन गर्ने
वि.सं.२०८० असोज १५ सोमवार १०:२३
shares

नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजदेखि शुरु हुँदैछ ।
सो अधिवेशनको उदघाटन गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज पोखरा जादैँछन ।
अध्यक्ष ओलीले माछापुच्छ्रे हिमालको तस्विर सामाजिक सञ्जालमा राख्दै भनेका छन, ‘आज पोखरा आउँदै छु ।’
पोखरा अमरसिंह चोकमा हुने अधिवेशन उदघाटन शुरु हुनुभन्दा अगाडी हस्पिटल चोक, औद्योगिक क्षेत्र, बुद्धचोक र बसपार्कबाट र्याली निकालिने छ ।
सो अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएर पोखरा पुगेका छन ।

























