काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एसियाली खेलकुदमा नेपाललाई एक पदक पक्का

5.57K
shares

१९औं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा सोमबार बिहान बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्दै नेपाल कम्तीमा कांस्य पदककाे हकदार बनेको छ।

नेपाली महिला कबड्डी टोलीले बंगलादेशलाई पराजित गर्दै पदकको बलियो सम्भावना बनाएको हो । अब समूहको अर्को खेलमा बंगलादेश इरानसँग हारे नेपाल सेमिफाइनल पुग्नेछ । सेमिफाइनलमा पुग्ने टोलीको पदक पक्का भएसँगै नेपालले जारी एसियाली खेलकुदमा पहिलो पदक जोड्ने सम्भावना करिब पक्का भएको छ ।

महिला कबड्डीमा कुल ७ टोली सहभागि भएकोमा नेपाल रहेको समूहमा इरानसहित तीन टिम मात्र छ । पहिलो खेलमा नेपालले जित हात पारेपछि सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको हो र अब अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपाल यस समूहबाट सेमिफाइनल पुग्नेछ र सेमिफाइनल पुग्ने टिमले कम्तीमा कास्य पदक जित्नेछ ।

एक्सएसजी स्पोर्ट्स सेन्टरमा नेपालले बंगलादेशविरुद्ध पहिलो हाफमा २१-१६ को अग्रता लिएको थियो । दोस्रो हाफमा पनि लय कायम राख्दै नेपालले १६-८ काे अग्रता लिएर खेल जितेको हो । नेपालले समूह ए को दोस्रो तथा अन्तिम खेल मंगलबार इरानसँग खेल्नेछ । इरान र बंगलादेशबीचको खेल भने बुधबार हुनेछ । समूह बी मा भारत, थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेइ छन् ।