गृहपृष्ठ पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप

पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाउने समय थप

१४ देखि १५ वर्षभित्रका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाउने समय थप गरिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले खोप लगाउने अभियान असोज १० गतेसम्मका लागि थप गरिएको जनाएको छ ।

लक्षित किशोरीमध्ये अझै आधाले खोप लगाउन बाँकी रहेकाले समय थपिएको खोप शाखाले जनाएको छ । १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीहरुको संख्या साढे तीन लाख रहेको छ ।

यसअघि हिजोसम्मका लागि थप गरिएको समयमा शोक बिदा, तीज बिदा, शिक्षक आन्दोलनलगायतका कारण खोप अभियान प्रभावित बनेको थियो ।

सरकारले गत भदौ २७ गतेदेखि कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज, बाग्मती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा ‘एचपीभी खोप उपलब्ध गराएको छ ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु