काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुनचाँदीको मूल्य बढ्यो

3.84K
shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको जनाएकाे छ । महासंघले मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा ५०० रुपैयाँले मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै, मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो ।

महासंघका अनुसार मंगलबारसम्म सुनको मूल्य निरन्तर ३ दिन उकालो लागेको हो । यसअघि सोमबार तोलामा २०० रुपैयाँ र आइतबार तोलामा ५०० रुपैयाँले सुनको मूल्य बढेको थियो । यससँगै, पछिल्लो तीन दिनमा सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ ।

यसबाहेक, मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तोलामा ५ रुपैयाँले बढेसँगै मंगलबार उक्त मूल्यमा चाँदीको कारोबार भएको हो । सोमबार चाँदीको कारोबार मूल्य १४ सय ५ रुपैयाँ कायम छ ।