काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्ताे छ आज फलफूल तथा तरकारीकाे मूल्य

5.08K
shares

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय ठूलो गोलभेँडा प्रतिकेजी मूल मूल्य ४०, टनेल गोलभेँडा सानो ४७, लोकल गोलभेँडा सानो रू ४५,घिउ सिमी लोकल ८०,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५८,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ३०,हरियो फर्सी रू ५०,घिरौंला ३० कायम भइ कारोबार भइरहेको छ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १४०, मूला सेतो ९०,मूला रातो ९०,भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०,मकै बोडी ९०,टाटे सिमी ८०,तितो करेला ८०,ब्रोकाउली ३००, कागती २०० रुपैयाँ, भिण्डी रू ३५,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो ८०,अदुवा प्रतिकेजी १५० रहेको समितिले जनाएको छ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०,केरा दर्जन १४०,अनार ३२० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४५०,किवि ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३५०, छडी माछा २४०,मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया ८०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०,परवर ४०,गुन्द्रुक प्रतिकेजी २५०,पुदीना ५००,भारतीय प्याज सुकेको ६७,लसुन हरियो ३००,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ९०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १००,मौसम १५०,जुनार ३२०,अमला १२०,तोफु ११०,पिंडालू ६०,तामा ९०,चुकुन्दर ७०,निबुवा ५०,कन्य च्याउ १७०,तने बोडी प्रतिकेजी ५० मा कारोबार भइरहेको छ ।