काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

5.52K
shares

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।

प्राधिकरणले यस आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँको बजेट ल्याएको हो । यस आवमा सो बराबरको स्रोत प्राप्त हुने र खर्च भने ३६ अर्ब ६६ करोड २ लाख रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान छ । यसबाट ६२ लाखा रुपैयाँ खुद बचत हुने अनुमान गरिएको छ । प्राधिकरणले अघिल्लो आवको पेश्की मौज्दात र बैंक मौज्दात लाई समेत यस आवको स्रोतका रुपमा उल्लेख गरेको छ ।

प्राधिकरणले यस आवमा १५ अर्ब ८८ करोड २५ लाख रुपैयाँ आम्दानी गर्ने बताएको छ । ऋणरसेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रुपैयाँ प्राप्त हुने अनुमान प्राधिकरणले गरेको छ ।

प्राधिकरणले १९ अर्ब ३ करोड ८८ लाख रुपैयाँ पूँजीगत खर्च गर्ने भएको छ । कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कार्यसञ्चालन खर्च ४ अर्ब ३४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । कर्मचारीको बोनसमा ५ करोड ८९ रुपैयाँ विनियोजन गरिएको छ ।