नेपालले पाकिस्तानविरुद्ध पहिले फिल्डिङ गर्ने
वि.सं.२०८० भदौ १३ बुधवार १५:१७
shares

नेपालले एसिया कपको उद्धघाटन खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
मुल्तान क्रिकेट रंगशालामा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाललाई बलिङको निम्तो दिएका छन् ।
पाकिस्तानले प्लेइङ ११ हिजो नै सार्वजनिक गरेको थियो । नेपालले पहिलो पटक विश्वको नम्वर वान टोली पाकिस्तानसँग खेल्न लागेको हो । योसँगै नेपाल एसिया कप खेल्ने आठौं टोली बनेको छ ।

























