नेप्से परिसुचक २ अंकले घट्यो, कारोबार रकम भने बढ्यो
वि.सं.२०८० भदौ १३ बुधवार १५:१४
shares

साताको चौथो कारोबारको दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार ५ अंकले घटेको शेयर बजार आज पनि २ दशमलव ८२ अंकले घटेको छ । नेप्से परिसुचक शुन्य दशमलव १४ प्रतिशतले घटेर १९१९ को विन्दुमा पुगेको छ ।
आज दिनभरिमा आज ७९ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज होटल एण्ड टुरिजम र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १३ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज कम्पनीले लाभांश घोषणा गरेको दिन कम्पनीको १० करोडमाथिको शेयर कारोबार भएको हो ।
त्यस्तै, आइएमई लाइफको ३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लक्ष्मी सनराइज बैंकको ३ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोडको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सिटि होटलका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८८ प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ५ दशमदव ७२ प्रशिततका दरले कमाएका छन् । माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशमलव ९४ प्रतिशतका दरले गुमाएका हुन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

























