जथाभावी फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो जरिवाना
वि.सं.२०८० साउन ३१ बुधवार १४:२३
shares

काठमडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई जरिवाना तिराएको छ । काठमाडौं–१४ का शिबपुजन शाहलाई महानगरले जरिवाना तिराएको हो ।
शाहलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको महानगरले जनाएको छ ।
शाहले केराको डाठ आफ्नो पसल अगाडिको बाटोमा फालेका थिए ।
उनलाई आज महानगरको टोलीले ५ हजार रुपैयाँ जरिवाना सहित अब उपान्त्र जथाभावी फोहोर नफाल्न सुझाव दिएको महानगरले जनाएको छ ।

























