काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मुगुमा जीप दुर्घटना, ४ जनाको मृत्यु

6.76K
shares

मुगुमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका छन् ।

सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका७ चिप्लेगाडामा दुर्घटना भएको थियो ।

प्रहरी नायब उपरीक्षक महेश बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहरा र पिउस परियार रहेका छन् ।

यस्तै गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गापा–७ सीप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहरा पनि घाइते भएका छन् ।

गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।