पूर्वमुख्यसचिव पौडेलको बयान– मन्त्रिपरिषद्मा मुख्यसचिवको भूमिका हुँदैन
वि.सं.२०८० साउन ३० मंगलवार ०६:४४
shares

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सीआईबीले पूर्वमुख्यसचिव लिलामणि पौडेलसँग बयान लिएको छ । आइतबार पौडेल बयान दिनका लागि सीआईबीको कार्यालय महाराजगञ्ज पुगेका थिए ।
सीआईबीले आइतबार दिउँसो करिब ४ घण्टा लगाएर पौडेलसँग बयान लिएको हो ।
मुख्यसचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकीर गरेका थिए । आइतबारको बयानमा पनि उनले त्यही जिकीर दोहोर्याएका हुन् । उनले मन्त्रिपरिषद्का निर्णयमा मूख्यसचिवको भूमिका नहुने दाबीसमेत गरेका छन् ।
उनी २०६९ साउन २२ देखि २०७२ साउन २१ सम्म मुख्यसचिव थिए । उनी २०७३ कार्तिक १३ मा चीनका लागि राजदूत नियुक्त भएका थिए । बावुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले २०६९ असोज १८ मा ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न अनुमति दिने निर्णय गरेको थियो । नक्कली खडा गरिएको ‘पशुपति टिकिन्छा गुठी’ को नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।

























