काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हुम्लामा ४ शिशुले जहाज कुर्दाकुर्दै ज्यान गुमाए

7.37K
shares

खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नियमका कारण जहाज नआउँदा जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएका ४ शिशुले उपचार अभावमा ज्यान गुमाएका छन् । दुर्गम जिल्ला हुम्लाको सिमकोटमा रहेको सिमकोट विमानस्थलमा लामो समयसम्म उडान नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।

विमानस्थल पुग्दै फर्किँदै गर्नु सेवाग्राहीको दिनचर्या बनेको छ । यही चपेटामा परेर हुम्लाका ४ बालकले ज्यानसमेत गुमाउनु परेको छ । हुम्लाको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँका ६ महिने बालक इमरान सुनार, सिमकोट गाउँपालिका–७ डाडाफयाका ७ महिने बालक रोहित शाही, खार्पुनाथ–१ लालिका डेढ वर्षे बालक आर्यन परियार र चंखेली–४ का ५ महिने बालक सन्देश लुवारको जहाज नआउँदा उपचार अभावमा ज्यान गएको हो ।

हुम्लामा बिहान मौसम सफा नहुनु र दिउँसो साढे बाह्र बजेपछि नागरिक उड्ययन प्राधिकरणले लागू गरेको उडान भर्न नपाउने नियमका कारण बालकको मृत्यु भएकाले यसको जिम्मा सरकारले लिनु पर्ने अधिकारकर्मीहरूले जनाएका छन् ।