काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्छौँ : प्रधानमन्त्री

8.48K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने  बताएका छन् ।

उद्योगी व्यवसायीका तीनवटा छाता सङ्गठनका पदाधिकारीसँग आज आयोजित छलफलमा उनले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मङ्गलबार आवश्यक निर्णय लिइने बताए । सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो । यद्यपि केही प्राविधिक जटिलताका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

आजको भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताए । अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन । अध्यक्ष ढकालका अनुसार प्रधानमन्त्री दाहालले जग्गा कित्ताकाटलगायत अन्य विषयसमेत कार्यान्वयनमा जाने बताएका थिए ।

निजी क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताए  ।

विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताउएका थिए ।

बैठकमा प्रधानमन्त्रीले भने, “अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऔँ ।”