काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लायन्स क्लव अफ उदयपुर गठन

6.11K
shares

लायन्स क्लब एमडी ३२५ जिल्ला एफ अन्तर्गत उदयपुरको कटारीमा ‘लायन्स क्लब अफ उदयपुर ’ गठन भएको छ । प्रयास कार्की को अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा पुष्कर खड्का र दोस्रो उपाध्यक्षमा जिवनाथ दाहाल रहेका छन् । त्यस्तै सचिवमा धिरज खड्का र कोषाध्यक्षमा विश्वनाथ दास, निर्देशकमा चुलबहादुर आले मगर चुनिएका छन ।
क्लवको सदस्यहरुमा अम्बरबहादुर रायमाझी , राजेशचन्द्र श्रेष्ठ , गिता खड्का ,तुलसीराम चौलागाई , भानु गिरी , सुनिलदत्त साह , रामकुमार खत्री , रविन्द्रबहादुर खड्का, अभिमन्यु लामिछाने , रुक्जा राई , शुसिला राउत , शान्तिशोभा श्रेष्ठ , भूपेन्द्रसिंह तामाङ्ग ,हिरालाल अधिकारी दनुवार , र रामेश्वर बराल चुनिएका छन् ।

हाल २१ जना संस्थापक सदस्य रहेको यस क्लबले लायन्स क्लबका मुख्य उद्धेश्य प्राप्तिसँगै शिक्षा, स्वास्थ्य लगायत युवाको नेतृत्व विकासका क्षेत्रमा काम गर्ने नव नियुक्त क्लब अध्यक्ष कार्कीले बताए ।