काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राप्रपा अध्यक्ष लिङ्देनको फोनकल, बालेनको इग्नोर

41.27K
shares

सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पार्टी केन्द्रिय कार्यालय भत्काउन काठमाडौँ महानगरपालिकाको टोली डोजर र दलबलसहित धुम्बाराही पुगेको थियो ।

महानगरले डोजर चलाउने सूचना पाएपछि राप्रपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेरेर बसेका थिए । डोजर आउनुअघि नै उनीहरु पनि प्रतिकारको तयारीमा कार्यालय अगाडी घेरेर बसेका थिए । तर, दुवै निर्णयबाट पछि हटेपछि त्यस्तो केही भएन ।

राप्रपा कार्यकर्ताले पार्टी कार्यलय घेरेर बसेको सुचना पाएको महानगरले डोजरसहित ३ सय जना नगर प्रहरी लिएर पुगेको थियो । पार्टी कार्यालयभन्दा ३ मिटर नजिकै बसेको महानगरले काठमाडौं जिल्ला प्रशासनको सूचना पाएपछि फर्कियो ।

राप्रपाले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत २१ दिनभित्र पार्टी कार्यालय खाली गर्ने समय मागेको थियो । त्यसपछि महानगरले प्रहरी र डोजर दुवै फकायो ।

महानगरले गत शुक्रबार तीन दिनको अल्टिमेट दिएर कार्यालय खाली गर्न सूचना जारी गरेपनि राप्रपाले महानगरको सूचनाको वेवास्ता गरेको महानगरको बुझाइ छ ।

महानगरले डोजर चलाउने सूचना पाएपछि राप्रपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेरेका मात्र थिएन । मेयरको विरुद्ध सञ्चारमाध्यम विरोध पनि गरेका थिए ।

राप्रपाको हाइटेन्स लाइनमा संरचना निर्माण भएका छन् । हाइटेन्स लाइनको तल निर्माण भएका संरचानाहरु सुरक्षाको हिसाबले अतिजोखिमपूर्ण मानिन्छ ।

यस्तै, महानगरले सो स्थानबाट पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको हो ।

उठेन फोन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा मापदण्डविपरीतको राप्रपाको भवन भत्काउन गत शुक्रबार नै सूचना जारी गरिएको थियो । सुचना जारी गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मेयर शाहसँग फोनमा सम्र्पक गर्न कोशिश गरेका थिए । तर, मेयर शाहले अध्यक्ष लिङ्देनको फोन नउठाएको महानगर स्रोतले जानकारी दिएको छ ।

शुक्रबारदेखि सोमबारसम्म लिङ्देन र उनको सचिवालयले मेयर शाहसँग भवन भत्काउने विषयमा कुराकानी गर्न ७ पटक फोनमार्फत कल गरेको स्रोतको दाबी छ ।

मेयर शाहले यति पटक फोन गर्दा पनि लिङ्देनको फोन नउठाएको स्रोतले बतायो । ‘मेयर साहेव आफनो हिसावले काम गर्नुहुन्छ । उहाँले कानुन राम्ररी पढनुभएको छ । त्यही भएर राजनीतिक हस्तक्षेप रुचाउनु हुँदैन् ।’ उनले भने, ‘राप्रपा अध्यक्ष लिङ्देनले आफनो पार्टी कार्यालयको भवन भत्काउने विषयमा कुराकानी गर्ने फोन गर्नुभएको थियो होला । मेयर साहेवले उठाउनु भएन । फेरी सार्वजनिक विषयमा एउटा राजनीतिक दलसँग के फोनमा कुरा गर्नु भन्ने उहाँलाई लागेको होकी ।’

मेयर शाहले फोन नउठाएको विषयमा स्यंम राप्रपाका अध्यक्ष लिङ्देनले समेत सञ्चारमाध्यममा बताएका थिए । उनले राप्रपाको भवन भत्काउने विषयमा कुराकानी गर्न मेयरलाई फोन गरेपनि उहाँ सम्र्पकमा आउन चाहनु नभएको उनको भनाइ थियो ।

लिङ्देन उर्जा तथा जल स्रोत मन्त्री तथा उपप्रधानमन्त्री समेत भएको थिए । मेयरको सचिवालयका अनुसार मेयर शाहले ठेक्कदार, राजनीतिक दलका नेता, कथित सामाजिक अभियन्ता र केही व्यापारीसँग फोनमा कुराकानी गर्न नरुचाउने गरेका छन् ।

वालेन शाह सार्वजनिक कार्यक्रम बाहेक खासै सञ्चारमाध्यमा समाचार बन्न पनि नरुचाउने गरेको उनको सचिवालयले जनाएको छ ।