गृहपृष्ठ १९औं एसियन गेम्समा अटाइनन् ओलम्पियन गौरिका

१९औं एसियन गेम्समा अटाइनन् ओलम्पियन गौरिका

१९औं एसियन गेम्समा अटाइनन् ओलम्पियन गौरिका

ओलम्पियन गौरिका सिंहको नाम १९औं एसियन गेम्स खेल्ने सूचीमा समावेश छैन ।

एसियन गेम्स आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउ सिटीमा हुँदैछ । तर नेपालको पौडीबाट दुई पटक ओलम्पिक खेलिसकेकी गौरिका भने १९औं एसियन गेम्समा परेी छैनन् ।

जेठमा भएको ११औं एनएसए कप पौडी प्रतियोगिताबाट उत्कृष्ट हुँदा गौरिकासहित डुवाना लामा तथा पुरुषतर्फ एलेक्स शाह र नासिर हुसेन चीनको होङझावमा हुने १९औं एसियन गेम्सका लागि छनोट भएका थिए । तर एसियन गेम्सका लागि पठाइएको पौडी खेलाडीको सूचीमा गौरिकाको नाम छैन । उनको स्थानमा अनुशिया तन्डुकारको नाम समावेश छ र बाँकी तीन खेलाडी यथावत छन् ।

वर्ल्ड च्याम्पियनसिप खेले पनि गौरिकाले एसियन गेम्स भने नखेल्ने भएको नेपाल ओलम्पिक कमिटी स्रोतले जनाएको छ ।

प्रकाशित समय : ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु