गृहपृष्ठ चालु पुँजी कर्जाको विद्यमान व्यवस्था संशोधन गर्न दबाब

चालु पुँजी कर्जाको विद्यमान व्यवस्था संशोधन गर्न दबाब

चालु पुँजी कर्जाको विद्यमान व्यवस्था संशोधन गर्न दबाब

निजी क्षेत्रले चालु पुँजी कर्जाको विद्यमान व्यवस्था संशोधनका लागि चर्को दबाब दिन थालेको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेसँगै निजी क्षेत्रले एकजुट भएर राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई दबाब दिएको हो ।

मौद्रिक नीतिका लागि आवश्यक छलफल गरी सुझाव संकलन गरेर सार्वजनिक गर्ने अन्तिम तयारीमा केन्द्रीय बैंक जुटिरहेको छ । यहीबीचमा निजी क्षेत्रका उद्योगी–व्यवसायीदेखि उनीहरू सम्बद्ध संघसंस्थाहरूले दबाब बढाएका छन् ।

केही दिनअघि निजी क्षेत्रका तीन प्रमुख छाता संगठन उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले संयुक्त रुपमा कार्यक्रम गरी चालु पुँजी कर्जाको व्यवस्था संशोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित रहेको कार्यक्रममा उनीहरूले चालु पुँजी कर्जाको सवालमा विगतमा गल्ती भएको तर अब त्यस्तो नहुने बताएका थिए ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विगतमा गल्ती भए पनि अहिले कर्जा लिने उद्योगी–व्यवसायी र दिने बैंकिङ क्षेत्र यसबारे सचेत भइसकेको बताएका थिए ।

प्रकाशित समय : १०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु