गृहपृष्ठ २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ११६ घाइते

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ११६ घाइते

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ११६ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी बागमती प्रदेशमा दुई जनाको मृत्यु भएको छ भने मधेश, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकामा एक-एक जनाको ज्यान गएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा ११६ जना घाइते भएका छन्। प्रहरीका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ३० जना घाइते भएका छन्। यसैगरी कोशीमा २४, लुम्बिनीमा २३, सुदूरपश्चिममा १४, काठमाडौं उपत्यकामा ११, बागमतीमा ५, गण्डकीमा ५ र कर्णाली प्रदेशमा ४ जना घाइते भएका छन्।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु