गृहपृष्ठ वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

वन अधिकृत रहेको भन्दै युवतीलाई प्रेममा पारेर ठगी गर्ने युवक पक्राउ

धनगढी । कैलारी गाउँपालिका–४ का २५ वर्षीय दिपेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

चौधरीले एक युवतीलाई प्रेम सम्बन्धमा पारी उनका परिवार तथा नातेदारलाई वन कार्यालयमा करारमा जागिर लगाइदिने प्रलोभन देखाउँदै रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

उनले आफू वन अधिकृत भएको देखाउन नक्कली परिचयपत्र तथा नियुक्तिपत्रसमेत बनाएर रकम लिएको पाइएको छ।

चौधरीलाई प्रहरीले धनगढी उपमहानगरपालिका–१ स्थित डिभिजन वन कार्यालय कैलालीको सडक खण्डबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीविरुद्ध ठगी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरिएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : १२:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु