काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रसुवा बाढीपीडितलाई नेपाल टेलिकमको १८ करोड सहयोग

2.27K
shares

काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले १० करोडको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।

भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट जनजीवन प्रभावित भएपछि टेलिकमले आपतकालीन राहत तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । टेलिकम तथा कर्मचारीका तर्फबाट नगद र नि:शुल्क सेवा गरी कूल १८ करोड दुई लाख २६ हजार ६६ रुपैयाँ बराबरको सहयोग जुटेको हो ।

टेलिकमका कर्मचारीहरूका तर्फबाट संकलन गरिएको दुई करोड दुईलाख २६ हजार ६६ रुपैयाँको चेक यसअघि नै अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको छ ।
बाढी आएलगत्तै प्रभावित क्षेत्रका सेवाग्राहीहरूलाई सञ्चार सम्पर्क सहज बनाउन टेलिकमले ६ करोड रुपैयाँ बराबरको नि:शुल्क कल, डेटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।

यी तीनवटै सहयोग जोड्दा बाढी प्रभावितका लागि नेपाल टेलिकमको तर्फबाट कूल सहयोग रकम १८ करोड २ लाख २६ हजार ६६ रुपैयाँ पुगेको हो । यस सहयोगले प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धारका साथै दीर्घकालीन पुन:स्थापना कार्यमा उल्लेखनीय योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

विपद्को समयमा दूरसञ्चार सेवाको निरन्तरता कायम राख्न र राहत, उद्धार तथा पुन:स्थापना कार्यमा सक्दो सहयोग पुर्‍याउन सदाझैँ प्रतिबद्ध रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।