गृहपृष्ठ साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाईफाई सेवा

साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाईफाई सेवा

साना तथा मध्यम व्यवसायलाई लक्षित गर्दै वर्ल्डलिंकले ल्यायो बिज२४ म्यानेज्ड वाईफाई सेवा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गरी नेपालमै पहिलोपटक बिज२४ म्यानेज्ड वाई-फाई सोलुसन सार्वजनिक गरेको छ। साना तथा मध्यम व्यवसायीहरूसँगको प्रत्यक्ष छलफल तथा स्थलगत परीक्षणपछि यो सेवा तयार पारिएको कम्पनीले जनाएको छ।

व्यावसायिक परिसरका हरेक भागमा एकसमान र भरपर्दो वाई-फाई कभरेज सुनिश्चित गर्न तथा नेटवर्कलाई क्लाउडमार्फत सहजै व्यवस्थापन गर्न सकिने गरी यो प्रणाली विकास गरिएको हो।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीशकृष्ण राजभण्डारीका अनुसार नेपालका अधिकांश साना तथा मध्यम व्यवसायहरू अझै पनि घरायसी प्रयोजनको इन्टरनेटमा निर्भर छन्। जसका कारण कार्यालयका सबै स्थानमा वाई-फाईको पहुँच नपुग्ने, व्यस्त समयमा इन्टरनेट अवरुद्ध हुने र नेटवर्कको अवस्थाबारे जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

यिनै समस्याहरूको दीर्घकालीन समाधानका रूपमा क्लिनिक, रेस्टुरेन्ट, मार्ट, स्टुडियो तथा को-वर्किङ स्पेसजस्ता व्यवसायका आवश्यकतालाई ध्यानमा राखेर बिज२४ डिजाइन गरिएको उनले बताए।

यस सेवाअन्तर्गत एउटै राउटरमा मात्र भर पर्नुको सट्टा व्यवसायको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार नेटवर्क योजना बनाएर कार्यक्षेत्रभरि एकसमान कभरेज पुर्‍याइनेछ।

व्यवसाय तथा कर्मचारी संख्या बढ्दै जाँदा नेटवर्क क्षमता पनि सोहीअनुसार विस्तार गर्न सकिने सुविधा यसमा छ। सीसीटीभी तथा विभिन्न व्यावसायिक सफ्टवेयर सञ्चालनका लागि आवश्यक पर्ने पब्लिक स्ट्याटिक आईपी पनि यसैमा उपलब्ध हुनेछ।

प्रकाशित समय : १२:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु