गृहपृष्ठ सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलहरुको बैठक जारी

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलहरुको बैठक जारी

सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलहरुको बैठक जारी

काठमाडौं । सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको हो ।

भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु